२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधि सभा अन्तराष्ट्रिय समिति

परराष्ट्रमन्त्री खड्काले भने : " एसपीपी सम्झौता अघि बढ्दैन , 'च्याप्टर क्लोज' भयो अब नखोतलौं "

शुक्रवार , आषाढ ३, २०७९

 

काठमाडौँ , असार  ।  एसपीपीको च्याप्टर क्लोज भइसकेकाले अब यसलाई नखोतल्न परराष्ट्रमन्त्री नारायण खड्काले आग्रह गरेका छन् ।

प्रतिनिधि सभा अन्तराष्ट्रिय समितिमा शु्क्रबार एसपीपीबारे स्पष्टीकरण दिँदै उनले यो सम्झौता अघि नबढ्ने बताए । 'हामी सबैले एक या अनेक तरिकाले खाेतल्नु आवश्यक छैन।

याे नगर्ने भनेपछि च्याप्टर क्लाेज भइसकेको छ । प्रधानमन्त्रीले हुँदैन भनेपछि र मैले पनि यसलाई अन्त्य गर्छौ भनेपछि थप खाेतल्न काेट्याउन हुन्न' उनले भने ।

समितिमा प्रधानसेनापति प्रभुराम शर्मालाई पनि बोलाइएको छ । उनीहरुले सांसदहरुका प्रश्नको जवाफ दिइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार