काठमाडौँ , असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल आफ्नो असंलग्न परराष्ट्र नीतिमा अगाडि बढ्न तयार हाे कि हाेइन भन्ने स्पष्ट हुन जरुरी रहेको बताएका छन् शुक्रबार अन्तर्राष्ट्रिय समितिको छलफलका क्रममा नेता नेपालले एसपीपी विवादमा आएको बताए ।
'एसपीपीबारे छलफल गर्नुपर्छ । २०७२ कार्तिक १० गते भएकाे रहेछ । कुन प्रधानमन्त्री र रक्षामन्त्रीकाे पालामा भएको भन्ने स्पष्ट हुनुपर्छ । काे जाेडिने काे नजाेडिने यथार्थ हुनुपर्छ, 'उनले भने, 'अर्को कुरा नेपाल आफ्नो असंलग्न परराष्ट्र नीतिमा अगाडि बढ्न तयार हाे कि हाेइन भन्ने स्पष्ट हुन जरुरी छ ।
हामीले खुट्टा कमाउने हाेइन । नेपालकाे संवेदनशीलता अनुसार नचल्नेलाई नेपालमा राेक लगाउनुपर्छ ।' एसपीपीसँगको संलग्नता के हाे भन्नेमा सरकार स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ? 'एसपीपीसँग संलग्नतामा के हाे ? दस्तावेजकाे वास्तविकता के हाे ? याे तथ्य स्पष्ट हुनुपर्छ,' उनले भने ।
नेपाल कुनै पनि सैन्य गठबन्धनमा जाेठिन सक्दैन भन्नका लागि अलमलाउनुपर्ने आवश्यकता नरहेको उनले बताए । उनले भने, 'प्रधानमन्त्रीले एसपीपीमा सही गर्ने प्रश्नै उठ्दैन भन्नुभएको छ । कसैले भनेपनि मान्दैन भन्ने उहाँको अडान सुनेर खुसी भए । उत्तरी सीमामा तालिम गर्न दिने कुरै उठ्दैन भन्नुभएको छ।'
आफ्नो पार्टी एकीकृत समाजवादी राष्ट्रिय हितमा दृढ भएर उभिनुपर्छ भन्नेमा रहेको उनले बताए । उनले भने, 'कुनै दबाब वा फकाएकाे आधारमा, नशामा वन मिठाइमा नफसिकन राष्ट्रिय हितलाई ध्यानमा राखेर जानुपर्छ भन्नेमा पार्टी स्पष्ट छ ।'