२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जुम्ला : जिसस प्रमुखमा कांग्रेसका आचार्य निर्विरोध 

बुधवार , जेठ २५, २०७९


खलङ्गा, जेठ । जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा कांग्रेसका गौरीनन्द आचार्य र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का जनक थकाली निर्विरोध चयन भएका छन् । कांग्रेस र समाजवादीबीच गठवन्धन भएपछि दुवैजना निर्विरोध चयन भएका हुन्  ।

कांग्रेसबाट जिल्ला समन्वय समितिको सदस्यमा गङ्गादेवी रोकाया, धनसुर बुढा, खिमालक्ष्मी काफ्ले, रचा रावत, लग्नमाया भण्डारी बुढा र नरविर सुनार निर्विरोध भएका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले जानकारी दिनुभयो । 
यस्तै समाजवादीबाट जिसस सदस्यमा पदमबहादुर रावत निर्विरोध चयन हुनुभएको छ । एक नगरपालिका र सात गाउँपालिकामा कांग्रेसको आठ, माओवादीको ६ तथा समाजवादी र स्वतन्त्रको एक एक मतभार रहेको थियोे । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार