२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा एकीकृत समाजवादी पार्टी

अध्यक्ष नेपाल भन्छन : ' निर्वाचनसम्म गठबन्धन कायमै रहन्छ '

मंगलवार , जेठ २४, २०७९

 

राजविराज, जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलिय सत्ता गठबन्धन कायमै रहने बताउनुभएको छ ।

पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जलि दिन आज सप्तरी आउनु भएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सङ्घीय र प्रदेशसभाको निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

उम्मेदवारका विषयमा गठबन्धनबीच छलफल भइरहेको छ, उहाँले भन्नुभयो । उम्मेदवारको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल गरी टुङ्गो लगाइने उहाँको भनाइ थियो । आफ्नो पार्टीबाट छिट्टै नै मन्त्री परिवर्तन हुने अध्यक्ष नेपालले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार