२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रम देउवासँग महानगर प्रमुख साहकाे भेट

प्रधानमन्त्री देउवाले भने : "कामपाको समस्या समाधानमा सरकारकाे पूर्ण सहयोग रहन्छ "

बुधवार , जेठ १८, २०७९

 

काठमाडौँ, जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहसँगको भेटका क्रममा आज प्रधानमन्त्री देउवाले महानगरको राम्रो कामका लागि आफ्नो पार्टी र सरकारको समेत पूर्ण सहयोग रहने बताउनुभएको हो ।

भेटमा प्रधानमन्त्रीले साहलाई कामपाको प्रमुखमा विजय भएकामा बधाईसमेत दिनुभयो । प्रमुख साहले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार