२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

आगामी आर्थिक वर्षको बजेट

अर्थमन्त्री शर्माले भने : "चुनावी बजेट होइन, पुराना कार्यक्रम तलमाथि "

सोमवार , जेठ १६, २०७९

 

काठमाडौँ,  जेठ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट चुनाव लक्षित नभई विगतकै कार्यक्रमको निरन्तरता दिइएको बताएका छन् । केही नयाँ कार्यक्रम थपिए पनि ती कार्यक्रम चुनाव लक्षित नरहेको उनको भनाइ छ।

'धेरै कार्यक्रम पुरानैको निरन्तरता हो । केहीमा थोरै यताउता गरेको मात्रै हो' उनले भने। आफूले ल्याएको बजेट उत्कृष्ट भनेर दाबी पनि आफूले नगर्ने अर्थमन्त्री शर्माले बताए। 'हामीले यति नै गर्न सक्यौं ।

सबै गर्न सक्यौं भन्ने होइन, धेरै कुरा छुटेका होलान् । सबैतिर ध्यान नपुग्दो रहेछ । कतै न कतै चिप्लिइँदो रहेछ', उनले भने । त्यस्तै बजेटले आर्थिक सूचकहरुमा निश्चित लक्ष्य राखेर अघि बढेको बताए ।

'हामीले बजेटमा निश्चित लक्ष्य राखेर जाने भनेका छौं। ती लक्ष्य पूरा गर्न सम्पूर्ण सरकारी संयन्त्र परिचालन हुन्छ' उनले भने, 'गरिबी अन्त्य गर्ने लक्ष्य तोकिएको छ । मानव पुँजीको विकासलाई आधारभुत ढंगबाटै हेरिनुपर्छ भनेका छौं।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार