२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काठमाडौं महानगर कार्यपालिका बैठक

वालेन्द्रको पहिलो निर्णय : " कार्यपालिकाको बैठक लाइभ गर्ने"

सोमवार , जेठ १६, २०७९

 

काठमाडौँ, जेठ । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र (बालेन) साहले पदभार ग्रहण गरेका छन् । उनले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणपछि उनले आफूले महानगपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । निर्वाचनपछि कार्यपालिकाको प्रथम बैठक सोमबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

'२-४ दिनअघि नै हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसनहरू फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौं । हामीले गरेको पापको भारी सिसडोलबासीले भोग्दै हुनुहुन्छ।

उहाँहरू क्यान्सर पीडित हुन भएको छ; छालाको रोग लागेको छ । मानिस मरिरहनुभएको छ। यो शोक मनाउने बेला हो,' साहले भने, 'फोहोरको व्यवस्थापन नहुन्जेल र सिसडोलबासीले स्वच्छ वातारण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरु काम हुँदैन ।' यसअघि उनले एक समारोहमा पदको शपथ लिएका थिए

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार