२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काठमाडौं महानगर : 'नवनिर्वाचित मेयर साह, उपमेयर डंगोलकाे पद तथा गोपनीयताको शपथ'

सोमवार , जेठ १६, २०७९

काठमाडौँ, जेठ । काठमाडौं महानगरपालिका नवनिर्वाचित मेयर वालेन्द्र(बालेन) साह, उपमेयर सुनिता डंगोल र वडाध्यक्ष तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

thumb (1).jpg

राष्ट्रियसभा गृहमा आयोजित समारोहमा साहलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सपथ गराएका थिए । त्यसैगरी मेयर साहले उपमेयर, वडाध्यक्षहरु तथा सदस्यहरुलाई छुट्टाछुट्टै शपथ ग्रहण गराएका थिए।

वैशाख ३० गते भएको स्थानीय तह चुनावमा ३२ वर्षीय स्वतन्त्र उम्मेदवार साह काठमाडौंको मेयरमा निर्वाचित भएका थिए । बिहीबार राति निर्वाचन कार्यालयले मत गणना सकेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार