काठमाडौं, जेठ । सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन १ गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशतले बढाउने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषणा गरेका हुन् । राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब हाल ३९ हजार ९७५ रुपैयाँ छ ।
राजपत्रांकित द्वितीय तहका कर्मचारीको तलब ४४ हजार ३५७ रुपैयाँ छ । राजपत्रांकित प्रथम तहका कर्मचारीहरुको तलब ५१ हजार ३६५ रुपैयाँ छ ।
सचिव (पेन्सन प्रयोजन) कर्मचारीको तलब ५४ हजार ५८२ रुपैयाँ छ । राजपत्र अनांकित विशिष्ट सचिवको तलब ६४ हजार ६५२ रुपैयाँ र मुख्य सचिव तहका कर्मचारीको ६८ हजार ४ सय ६ रुपैयाँ तलब छ ।