काठमाडौं, जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने कानुनी व्यवस्था नगर्ने संकेत गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले दलहरुसँग छलफल गरेर नागरिकता वियेधक ल्याइने बताए ।
नेपाली नागरिकका छोराछोरीले समेत नागरिकता पाउन नसक्नु ठूलो अन्याय भएको भन्दै उनले भने, यससम्बन्धमा छलफल सहमति गराएर दिने पक्षमा छौं ।
तर राज्य व्यवस्था समितिले प्रस्ताव गरेअनुसार नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिका दिने व्यवस्था गर्न राष्ट्रिय सहमति चाहिने बताए ।
बिहे गरेको ७ वर्षपछि कि ५ वर्षपछि भन्ने सम्बन्धमा राष्ट्रिय सहमति चाहिन्छ, प्रधानमन्त्री देउवाले अघि भने, अहिले बिहे गरेको भोलिपल्ट नागरिक हुन पाउने छ ।
त्यसलाई हटाउन राष्ट्रिय सहमति चाहिन्छ । कहिले ७ वर्ष भनेको छ, कहिले ५ वर्ष त कहिले ३ वर्ष भनेको छ । हचुवा किसिमले ल्याउने कुरा भएन ।