२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संसदमा स्थानीय निर्वाचनबारे देउवाकाे जवाफ : ' जनमतको कदर गर्नु विकल्प छैन'

शनिवार , जेठ १४, २०७९

काठमाडौं, जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले छिटफुट घटनालाई लिएर स्थानीय तह निर्वाचनको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्नु उपयुक्त नहुने बताएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन निष्पक्ष हुन नसकेको भनेपछि जवाफमा देउवाले यस्तो जवाफ दिएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा शनिबार प्रधानमन्त्री देउवाले देशमा एकैपटक चुनाव गर्नु चुनौतीपूर्ण भएको बताए । सीमित स्रोत साधनका बाबजुद शान्तिपूर्ण र निश्पक्ष रुपमा निर्वाचन सम्पन्न भएको बताए ।

उनले अघि भने, ‘छिटफुट घटनालाई दिएर निर्वाचनको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्नु उपयुक्त हुन्न । सार्वभौम जनता नै निर्णयक शक्ति भएकाले जनमतको कदर गर्नु विकल्प छैन ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार