२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काठमाडौं महानगर : 'मतगणना अन्तिम चरणतिर, स्वतन्त्र उमेद्वार बालेनकाे अग्रता'

बिहिवार , जेठ १२, २०७९

काठमाडौं, जेठ । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणतिर पुगेको छ । पछिल्लो समय वडा १३ को मतपरिणाम आएको छ । उक्त वडाको वडाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका उम्मेदवार ध्रुवनारायण मानन्धर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी ३ हजार १२४ मतसहित निर्वाचित हुँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्र मानन्धनरले २ हजार ६५४ मत पाए ।

महिला सदस्यमा एमालेकी रजनी महर्जन धौबन्जार, दलित महिला सदस्यमा पनि एमालेकै मैयाँ देउला विजयी भएका छन् । खुला सदस्यमा पनि एमालेका रुपेश महर्जन र रामबाबु कोइराला विजयी भए ।iv>

महानगरको अन्तिम मतपरीणाम आउन बाँकी छ । अहिले वडा नम्बर १४, १५ र १६ को मतगणना जारी छ ।

पूरै मत गणना गर्नुअघि नै मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह र उपमेयरमा एमालेकी सुनिता डंगोलले जित सुनिश्चित गरिसकेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार