२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

आईसीसी नयाँ महिला टी-२० वरीयता : नेपालबाट काे काे कति नम्बरमा परे?

शुक्रवार , फाल्गुण २, २०७६

काठमाडौं, फागुन ।  आईसीसीले सार्वजनिक गरेको नयाँ टी-२० को विश्व वरीयतामा नेपालबाट २ महिला खेलाडीले स्थान बनाएका छन ।

जसमा अलराउण्डरमा नेपालकी सिता रानामगर ६२ औँ स्थानमा छिन् । उनको ६८ रेटिङ पोइन्ट पाएकी छिन् । ब्याटिङमा पनि २६१ पोइन्टसहित सिता नै ९० औँ स्थानमा छिन् । 

यस्तै बलिङमा नेपालबाट नेरी थापा ९६ औँ स्थानमा छिन । नेरीले कुल तीन सय १२ पोइन्ट प्राप्त गरेकी छिन् । टिमको वरीयतामा नेपाल १४ औँ स्थानमा छ ।

नेपालभन्दा पछाडि नेदरल्याण्ड्स, पीएनजी, यूएई र केन्या रहेका छन ।

नेपालकाे २० खेलमा दुई हजार पाँच सय ७६ अंकसहित १ सय २९ रेटिङ रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार