२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्बाचन 

भरतपुर महानगर :" गठबन्धनका मेयर दाहाल र उपमेयर अधिकारी विजयी "

मंगलवार , जेठ १०, २०७९

 

चितवन, जेठ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्बाचन अन्तर्गत  भरतपुर महानगरपालिकामा गठबन्धनमा मेयरकी उमेद्वार  नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छिन् ।

एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले हराउँदै दाहाल भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल १२ हजार ४४९ मतान्तरले विजयी भएकी हुन् । भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा निर्वाचन परिणाम भने अझै सार्वजनिक गरेको छैन ।
प्राप्त विवरण अनुसार, दाहालले ५२ हजार ३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५८१ मत ल्याएबा छन ।

उमपेयरमा पनि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भए । अधिकारीले ५२ हजार ८०३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरूङले ३० हजार ६१२ मत ल्याइन् ।

हिमलालाई एमालेको समर्थन थियो । मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ७२८ मत आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार