२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

सरकारको नीति तथा कार्यक्रम जेठ १० गते

शुक्रवार , जेठ ६, २०७९

 

काठमाडौँ, जेठ । गठबन्धन सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते मङ्गलबार सङ्घीय संसद्मा पेश हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसदिन सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराउनुभयो ।

त्यसदिन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक संयुक्तरूपमा बोलाइएको छ । अपराह्न ४ बजेका लागि बोलाइएको बैठकका नीति तथा कार्यक्रम पेश हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार