बाँके, जेठ । बाँकेको नेपालगन्ज उमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राई निर्वाचित भएका छन् मेयरमा निर्वाचित विष्टले २३ हजार ४६० मत प्राप्त गरे ।
निकटतम प्रतिस्पर्धी एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६७५ मत प्राप्त गरेका छन् । उपमेयरमा निर्वाचित राईले १७ हजार ९५० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शान्तिदेवी ढकालले १० हजार ९१५ मत प्राप्त गरिन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपालगंज उपमहानगरपालिका राप्रपाले जितेको थियो । हाल राप्रपाका महामन्त्री धवलशमशेर राणा २०७४ सालको स्थानीय तह निर्वाचनमा १२ हजार ५१५ मत ल्याएर निर्वाचित भएका थिए ।
उपमेयर भने कांग्रेसकी उमा थापामगर निर्वाचित भएकी थिइन् । उनले १० हजार ७३० मत प्राप्त गरेकी थिइन् । यो निर्वाचनमा राणा नेपालगंजको मेयरमा उम्मेदवार बनेका थिएनन् ।