२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्वाचन 

निर्बाचन परिणाम अन्त्यतिर'अपडेट' : "कांग्रेसको फराकिलाे जीत - २८१ स्थानमा बिजयी, ४२ मा अग्रता" 

शुक्रवार , जेठ ६, २०७९

काठमाडौँ, जेठ । गत बैशाख ३० मा  सम्पन्न  स्थानीय तह निर्वाचनको  परिणाम अन्तत: सकीदै  गएकाे छ । धमाधम आएका छन । शुक्रबार बिहान ९ : ००  बजेसम्मको परिणाम अनुसार, नेपाली  कांग्रेसले २८१  स्थानमा बिजय हासिल गरेको छ भने ४२  स्थानमा अग्रता लिएको छ । 
त्यसैगरी, नेकपा एमालेले १७६  स्थानमा बिजयी भएको छ भने २२ स्थानमा अग्रता कायम गरेको छ ।  त्यसैगरी, नेकपा माओबादी  १११ स्थानमा बिजयी भएको छ भने ११ स्थानमा अग्रता लिएको छ ।  

हालसम्मको मत परीणाम अनुसार नेपाली  कांग्रेसले एमाले भन्दा १०५ स्थान बढी बिजयी भइसकेको छ भने २० स्थान बढीमा अग्रता लिएको छ । हालसम्मको परिणाम हेर्दा नेपाली कांग्रेस एमाले भन्दा १२५  स्थानले अगाडि छ ।     
यसैगरी, जनता समाजबादीले १८ स्थानमा बिजयी भएको छ भने १७ स्थानमा अग्रता लिएको छ । त्यसैगरी, एकीकृत समाजवादीले १४ स्थनमा बिजयी भएको छ भने ५ स्थानमा अग्रता लिएको छ ।  

त्यस्तै, अन्यले २३ स्थानमा बिजय भएको छ भने ११ सथानमा अग्रता लिएको छ ।  लोसपाले ७  स्थानमा  बिजयी भएको छ भने ५ स्थानमा अग्रता कायम गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार