२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

पोखरा महानगर : ' गठबन्धनका उम्मेदवारको अग्रता

शुक्रवार , जेठ ६, २०७९

गण्डकी, जेठ । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । महानगरको ६४ हजार ११ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २६ हजार ४११ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २३ हजार २४५ मत प्राप्त गर्नुभएको छ । आचार्यले तीन हजार १६६ मतले अग्रता हासिल गर्नुभएको छ ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट २६ हजार ६४४ मतसहित अघि हुनुहुन्छ भने एमालेकी मञ्जुदेवी गुरुङले २६ हजार ५७८ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार