२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्वाचन 

निर्बाचन पछिल्लो 'अपडेट' : "कांग्रेसको अग्रता - २६३ स्थानमा बिजयी, ६० मा अग्रता' एमालेभन्दा १२५ स्थान बढी"

बिहिवार , जेठ ५, २०७९


काठमाडौँ, जेठ । शुक्रबार सम्पन्न  स्थानीय तह निर्वाचनको  परिणाम धमाधम आएका छन । बिहीबार साँझ ८ :००  बजेसम्मको परिणाम अनुसार, नेपाली  कांग्रेसले २६३  स्थानमा बिजय हासिल गरेको छ भने ६० स्थानमा अग्रता लिएको छ । त्यसैगरी, नेकपा एमालेले १६७  स्थानमा बिजयी भएको छ भने ३१  स्थानमा अग्रता कायम गरेको छ । 
त्यसैगरी, नेकपा माओबादी  १०६ स्थानमा बिजयी भएको छ भने १४ स्थानमा अग्रता लिएको छ ।  हालसम्मको मत परीणाम अनुसार नेपाली  कांग्रेसले एमाले भन्दा ९६ स्थान बढी बिजयी भइसकेको छ भने २९ स्थान बढीमा अग्रता लिएको छ । हालसम्मको परिणाम हेर्दा नेपाली कांग्रेस एमाले भन्दा १२५  स्थानले अगाडि छ ।     
यसैगरी, जनता समाजबादीले १६ स्थानमा बिजयी भएको छ भने १९ स्थानमा अग्रता लिएको छ । त्यसैगरी, एकीकृत समाजवादीले १४ स्थनमा बिजयी भएको छ भने ५ स्थानमा अग्रता लिएको छ ।  

त्यस्तै, अन्यले २२ स्थानमा बिजय भएको छ भने ११ सथानमा अग्रता लिएको छ ।  लोसपाले ४  स्थानमा  बिजयी भएको छ भने ८ स्थानमा अग्रता कायम गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार