२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

  नागरिकता विधेयक

नागरिकता विधेयक : 'अध्यक्ष दाहाल - गृहमन्त्री खाण छलफल'

बिहिवार , जेठ ५, २०७९

 

काठमाडौँ,   जेठ  ।  नागरिकता विधेयकका सम्बन्धमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ले भेटवार्ता गर्नु भएको छ ।

ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा आज बिहान भएको भेटमा समसामयिक राजनीतिक विषय, सङ्घीय संसद् सञ्चालन र सरकारले संसद्मा पेस गर्न लागेको विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणको भनाइ उद्धृत गर्दै उहाँको सचिवालेले जनाएको छ ।

प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि छलफल भएको छ । यसअघि पनि गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गर्नुभएको थियो ।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ । दलीय सहमति जुटाउन गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले माओवादी अध्यक्ष दाहालसँग भेटघाट गर्नुभएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार