२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्वाचन 

निर्बाचन पछिल्लो 'अपडेट' : "कांग्रेसको अग्रता -'२५० स्थानमा बिजयी,६९ मा अग्रता', एमालेभन्दा १२१ स्थान बढी"

बिहिवार , जेठ ५, २०७९


काठमाडौँ, जेठ । शुक्रबार सम्पन्न  स्थानीय तह निर्वाचनको  परिणाम धमाधम आएका छन । बिहीबार १२ :०० बजेसम्मको परिणाम अनुसार, नेपाली  कांग्रेसले २५०  स्थानमा बिजय हासिल गरेको छ भने ६९ स्थानमा अग्रता लिएको छ । त्यसैगरी, नेकपा एमालेले १६३  स्थानमा बिजयी भएको छ भने ३६  स्थानमा अग्रता कायम गरेको छ । 
त्यसैगरी, नेकपा माओबादी  १०५ स्थानमा बिजयी भएको छ भने १३ स्थानमा अग्रता लिएको छ ।  हालसम्मको मत परीणाम अनुसार नेपाली  कांग्रेसले एमाले भन्दा ८७ स्थान बढी बिजयी भइसकेको छ भने ३४ स्थान बढीमा अग्रता लिएको छ । हालसम्मको परिणाम हेर्दा नेपाली कांग्रेस एमाले भन्दा १२१  स्थानले अगाडि छ ।     
यसैगरी, जनता समाजबादीले १५ स्थानमा बिजयी भएको छ भने १९ स्थानमा अग्रता लिउको छ । त्यसैगरी, एकीकृत समाजवादीले १२ स्थनमा बिजयी भएको छ भने ७ सथानमा अग्रता लिएको छ ।  

त्यस्तै, अन्यले १९ स्थानमा बिजय भएको छ भने १४ सथानमा अग्रता लिएको छ ।  लोसपाले २  स्थानमा  बिजयी भएको छ भने ८ स्थानमा अग्रता कायम गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार