२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्वाचन 

निर्बाचन पछिल्लो 'अपडेट' :  "कांग्रेसको अग्रता - '१९७ स्थानमा बिजयी, १२३ मा अग्रता',  एमालेभन्दा १२४ स्थान बढी"

बुधवार , जेठ ४, २०७९


काठमाडौँ, जेठ । शुक्रबार सम्पन्न  स्थानीय तह निर्वाचनको  परिणाम धमाधम आएका छन । बुधबार बिहान   ९ः ०० बजेसम्मको परिणाम अनुसार, नेपाली  कांग्रेसले १९७ स्थानमा बिजय हासिल गरेको छ भने १२३ स्थानमा अग्रता लिएको छ । त्यसैगरी, नेकपा एमालेले १२१ स्थानमा बिजयी भएको छ भने  ७५  स्थानमा अग्रता कायम गरेको छ । 

त्यसैगरी, नेकपा माओबादी  ८३ स्थानमा बिजयी भएको छ भने ३२ स्थानमा अग्रता लिएको छ ।  हालसम्मको मत परीणाम अनुसार , नेपाली  कांग्रेसले एमाले भन्दा ७६ स्थान बढी बिजयी भइसकेको छ भने ४८ स्थान बढीमा अग्रता लिएको छ । हालसम्मको परिणाम हेर्दा नेपाली कांग्रेस एमाले भन्दा १२४ स्थानले अगाडि छ ।     
एकीकृत समाजवादीले ७ स्थानम जितेका छन्  १४ पालीकामा अग्रता कायम गरेको छ। त्यस्तै, जनता समाजबादीले ५ स्थानमा बिजयी भएको छ भने २८ स्थानमा अग्रता लिएको छ ।  लोसपाले १० स्थानमा अग्रता कायम गरेको छ ।
त्यसैगरी अन्य उमेद्वारले १२ स्थान जितेका छन भने १६ स्थानमा अग्रता लिएका छन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार