२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

इलाम नगरपालिका : प्रमुख तथा उपप्रमुखमा कांग्रेसका थापा र दाहाल बिजयी 

बुधवार , जेठ ४, २०७९


इलाम, जेठ । इलाम नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा  कांग्रेसका केदार थापा १३ हजार ११५ मतसहित विजयी भएका छन् । उपप्रमुखमा कांग्रेसकै विष्णु दाहालले विजय प्राप्त गरिन् । उनले १३ हजार ५४२ मत प्राप्त गरिन् ।

मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५८७ मत ल्याए । त्यस्तै, उपप्रमुखमा एमालेकै सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गरिन् ।

२०४९ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको हो । ३० वर्षपछि कांग्रेसले विरासत फर्काएको हो । १२ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार