२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्वाचन २०७९

पछिल्लो मत परिणाम 'अपडेट' : '३४१ स्थानको सार्बजनिक, प्रमुखमा कांग्रेस १६६ र एमाले १०७ स्थानमा विजयी'

मंगलवार , जेठ ३, २०७९


काठमाडौँ, जेठ ।  नेपाली कांग्रेसले १६६  प्रमुख  स्थानमा बिजय हासिल गरेको छ भने  १४० मा अग्रता लिउको छ । र एमालेले १०७ स्थानीय तहको प्रमुख  पदमा बिजय हासिल गरेको छ भने ९१ पदमा अग्रता लिएको छ ।   

मंगलबार बेलुकी ९ः ०० बजेसम्मकाे तथ्यांक अनुसार,  नेकपा माओवादी केन्द्रले ७८ स्थानीय तहको प्रमुख जितेको छ भने ७१ पदमा अग्रता लिएको छ । 
त्यसैगरी नेकपा एकीकृत समाजवादीले ५ प्रमुख पदमा बिजय हासिल गरेको छ भने १७ स्थानमा अग्रता लिएको छ । राजमो, स्वतन्त्रसहित अन्य विभिन्न राजनीतिक दलका ९ जना उम्मेदवारले पालिका प्रमुख जितेका छन् ।

त्यसैगरी जनता समाजवादी पार्टीले ३ वटा स्थानीय तहको प्रमुख जितेको छ ।पछिल्लो तथ्याकंअनुसार नेपाली कांग्रेसका प्रमुख पदका १ सय ५७ जना उम्मेदवारले मतगणनामा अग्रता लिएका छन् भने एमालेको ९३ जना उम्मेदवार अघि रहेका छन् । त्यसैगरी नेकपा मा‌ओवादी केन्द्र ४१, एकीकृत समाजवादीका १५ उम्मेदवार मतगणना लिड गरिरहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसले १ सय ४८ स्थानीय तहको उप प्रमुख जितेको छ भने एमालेले ९९ स्थान जितेको छ । माओवादी केन्द्रले ७६, नेकपा एकीकृत समाजवादीले १०, अन्यले ५, जनता समाजवादी पार्टी ४ स्थानीय तहका उप प्रमुखमा जीत हासिल गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार