काठमाडौँ, जेठ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेका छन । मंगलबार बिहान ८ः०० बजेको पछिल्लो मत परिणाम अनुसार, २६० पालिकाको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ ।
अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली कांग्रेसले १२० स्थानमा बिजय प्राप्त गरेको छ भने १९० स्थानमा अग्रता कायम गरेको छ । त्यसैगरी, नेकपा एमालेले ७० स्थानमा बिजय हासिल गरेको छ भन १२२ मा अग्रतटा लिएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले ५६ स्थानमा बिजयी भएको भने ५८ स्थानमा अग्रता कायम राखेको छ ।
यसैगरी नेकपा एकीकृत समाजवादीले ४ स्थानमा बिजय र १७ स्थानमा अग्रता, जनता समाजबादीले २ स्थानमा बिजय र २७ स्थानमा अग्रता कायम गरेको छ अन्य ८ जनाले बिजय प्राप्त गरेका छन भने २२ जनाले अग्रता कायम गरेको निर्बाचन आयोगले जनाएको छ ।
यसैबीच, उपप्रमुख र उपाध्यक्षतर्फ कांग्रेसले ११६ स्थानमा बिजय र १६३ स्थानमा अग्रता, एमाले ७४, स्थानमा बिजय र १४६ अग्रता, माओवादी ५२ स्थानमा बिजय र ७५ स्थानमा अग्रता लिएको छ ।
एकीकृत समाजवादीले ९ स्थानमा जितेका छन् भने १३ स्थानमा अग्रता कायम राखेका छन । यस्तै जसपा ३ स्थानमा बिजय र ३६ स्थानमा अग्रता कायम राखेका छन । र अन्यले ४ स्थानमा बिजयी र १४ स्थानमा अग्रता छ । लोकतान्त्रिक समाजबादीले ९ स्थानमा अग्रता लिएका छन ।