२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काठमाडौं महानगर : ' मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह अगाडि'

आइतवार , जेठ १, २०७९

काठमाडौं,  जेठ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह एक हजार ६७६ मतान्तरसहित अगाडि रहेका छन् । पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार साहले ३ हजार ५३२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले एक हजार ८५६ मत पाएका छन् ।

गठबन्धनबाट उठेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ सिंहले एक हजार ६०२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै उपप्रमुखमा एमालेकी सुनिता डङ्गोलले दुई हजार ८८४, नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८२३ र राप्रपाकी बिनिता मगैयाले ६७० मत प्राप्त गरेकी छिन् । कामपा वडा नं १, २, ३, ४, ३१ र ३२ को मतगणना भइरहेको छ ।

महानगरमा ३२ वडा रहेको छ । शनिबार बिहान ९ः५० बजेदेखि मत गणना शुरु गरिएको थियो । तीन लाख २४२ मतदाता रहेको महानगर क्षेत्रमा करिब एक लाख ९० हजार १७० मत खसेको थियो । कामपाको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यसैबीच प्रमुखका उम्मेदवार स्थापितले दिएको प्रतिक्रिया यतिबेला चर्चामा छ । उनले आइतबार दिनभर वालेन्द्र अगाडि रहने र रात परेपछि आफूले अग्रता लिने दाबी गरेका थिए । तर उनले दाबी गरे विपरीत उनी र वालेन्द्रको अग्रता करिब दोब्बरले फरक पर्न थालिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार