२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जनकपुरधाम उपमहानगर : 'कांग्रेसका विद्रोही साह भारी मतले अगाडि '

आइतवार , जेठ १, २०७९

जनकपुरधाम, जेठ । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका विद्रोही उम्मेदवार मनोजकुमार साह निकै अगाडि गएसँगै सत्ताधारी गठबन्धन र विपक्ष दललाई तनाव भएको छ ।

कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीका प्रिय पात्र साहले गठबन्धनबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा खडा भएका थिए । साहले अहिलेसम्म १६७८ मत पाएका छन् ।

त्यस्तै एमालेका शिवशंकर साह हीराले ८९३ मत पाएका छन् । लोसपाका मनोज चौधरीले २५२ मत ल्याएका छन् । गठबन्धनका जसपाका उम्मेदवार लालकिशोर साह भने चौथो स्थानमा छन् ।

उनले मात्र २३१ मत ल्याएका छन् । उपमेयरमा नेपाली कांग्रेसकी किशोरी साहले १६४६ मत पाएकी छिन् । एमालेकी रूना झाले ९४७ मत ल्याएकी छिन् । त्यस्तै लोसपाकी रिता झाले २५३ मत पाएकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार