गुल्मी, जेठ । गुल्मी दरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मतगणना अनुसार पालिकाको अध्यक्षमा सरोज थापाले ५६४ मतान्तर र उपाध्यक्षमा तारा थापा ढेंगा ७७७ मत अन्तरले विजयी भएका हुन् ।
अध्यक्षमा विजयी थापाले ६ हजार १६६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर भुसालले ५ हजार ६०२ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्ष पदमा ढेंगाले ६ हजार २७७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका शुसिला पुनले ५ हजार ५ सय मत प्राप्त गरिन् ।अध्यक्ष र उपाध्यक्षसँगै गुल्मी दरबारका ४ वटा वडा नेपाली कांग्रेसले जितेको छ भने ३ वटा वडाअध्यक्षमा एमाले विजयी भएको छ ।
वडाध्यक्षतर्फ नेपाली कांग्रेसबाट वडा नम्बर १ मा राजेन्द्र कँडेल विजयी भएका छन् । कँडेलले १ हजार ३२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सूर्यबहादुर कुँवरले ८८२ मत ल्याएका छन् ।
वडा नम्बर ३ को अध्यक्षमा ८९० मतका सात कांग्रेसका रामबहादुर थापा विजयी हुँदा एमालेका सुमन काकीले ५८२ मत प्राप्त गरे ।
कांग्रेसकै मुकेश थापा वडा नम्बर ६ मा ५८२ मतका साथ विजयी भए भने एमालेका बालसिं बस्नेतले ३२६ मत ल्याए । वडा नम्बर ७ मा शालिकराम टण्डनले ९५४ मत प्राप्त गर्दा एमालेका शेरबहादुर कार्कीले ५७२ मत ल्याएका छन् ।
त्यस्तै, एमालेका उम्मेदवार विजयी भएका वडामध्ये वडा नम्बर २ मा विष्णुप्रसाद गौतम १ हजार १६७ मतले विजयी हुँदा कांग्रेसका केसर सिं सारुले ८९३ मत प्राप्राप्त गरे । वडा नम्बर ४ मा देविराम पोख्रेल १ हजार २५२ मतका साथ विजयी हुँदा कांग्रेसका चित्रबहादुर डम्बरपालले १ हजार ११९ मत प्राप्त गरे ।
त्यस्तै वडा नम्बर ५ को अध्यक्षमा ७६१ मत ल्याएर गुणानिधि पौडेल निर्वाचित हुँदा कांग्रेसका लिलाबहादुर बलाल मगरले ५०८ मत प्राप्त गरे ।