शनिबार मध्यरातिसम्म मतगणना सकिएका र भइरहेका ६१२ पालिकाको मतपरिणामका आधारमा
काठमाडौँ, जेठ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणाम आउन थालेका छन । आईतबार बिहान ८ः०० बजेसम्मको परिणाम अनुसार, १८ स्थानीय तहको मतगणना सकिएको छ । हालसम्मा कांग्रेस ७ स्थनमा बिजय हासिर गरेको छ भने २६९ स्थानमा अग्रता कायम गरेको छ ।
त्यसैगरी एमाले पनि ७ सथानमा बिजय प्राप्त गरेको छ भने १६९ स्थानमा अग्रता कायम गरेको छ । यसैगरी माओबादी केन्द्रले २ स्थानमा जितेको छ भने १०९ स्थानमा अग्रता कायम गरेको छ ।
एकीकृत समाजवादीले २ स्थान जितेका छन् । तर मतगणना भइरहेका ६१२ पालिकामध्ये कांग्रेसले स्पष्ट अग्रता लिएको छ । जसपाले २३, एमालेबाट विभाजित एकीकृत समाजवादीले १३ र लोसपाले ६ स्थानमा अग्रता कायम गरेको छ । २८ पालिकामा भने स्वतन्त्र उम्मेदवार अगाडि छन् । खासमा काठमाडौं महानगरमा बालेन्द्र साह र धनगढी उपमहानगरमा गोपाल हमालले ठूला दलका उम्मेदवारलाई पछाडि पारेका छन् ।