२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्वाचन २०७९

मत परिणाम आउन थाल्यो : "यस्तो छ ११ स्थानीय तहको अन्तिम परिणाम, कहाँ कसले जिते ?"

शनिवार , बैशाख ३१, २०७९

 

काठमाडौँ,  बैशाख । देशभर स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ ।  शनिबार अपरान्हसम्म ११ वटा स्थानीय तहको परिणाम आएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेकपा एमालेले ५, नेपाली कांग्रेसले ३, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले १ स्थानमा जितेका छन् । 

माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिका एमाले र कांग्रेससहितको गठबन्धनलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षसहित बहुमत सिट जितेको छ ।

अहिलेसम्म निर्वाचित भएकामध्ये मनाङको नासो गाउँपालिकामा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल थियो । त्यहाँ गठबन्धनबाट कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका वेदबहादुर गुरुङ निर्वाचित भएका छन् । त्यसबाहेक अन्यमा भने दलहरु एक्ला-एक्लै प्रतिस्पर्धामा थिए ।

निर्विरोध निर्वाचित भएका तीन स्थानीय तहलाई अलग गर्ने हो भने अहिलेसम्म ८ स्थानीय तहको अन्तिम परिणाम आएको छ । त्यसमध्ये नेकपा एमालेले ४, कांग्रेस ३ र माओवादी केन्द्रले १ स्थानमा जितेको छ ।

शनिबार पौने चार बजेको परिणाम अनुसार नेपाली कांग्रेसले १८७ स्थानमा अग्रता लिएको छ भने नेकपा एमालेले १६६ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले ६९, नेकपा एकीकृत समाजवादीले ९, र जसपाले ७ स्थानमा अग्रता बनाएका छन् ।

नेकपा एसले जितेका स्थानीय तह

  • डोल्पाको काइके गाउँपालिकामा अंगदकुमार राना [निर्विरोध]
  • डोल्पाको छार्का साङतोङ गाउँपालिकामा सेनाङ गुरुङ [निर्विरोध]

एमालेले जितेका स्थानीय तह

  • डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकामा धावा सम्डुक गुरुङ [निर्विरोध]
  • मनाङको चामे गाउँपालिकामा लोकेन्द्र घले
  • मनाङको ङिस्याङ गाउँपालिकामा कान्छा लामा
  • मुस्ताङको लो-घेकर दामोदरकुन्डमा लोप्साङ छोम्पेल विष्ट
  • मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रिङजीन नामगेल गुरुङ

कांग्रेसले जितेका स्थानीय तह

  • मनाङको नासो गाउँपालिकामा धनबहादुर गुरुङ
  • मनाङको नार्पाभूमि गाउँपालिकामा कोन्जो तेन्जिङ लामा
  • मुस्ताङको घरपझोङ गाउँपालिकामा मोहन सिंह लालचन

माओवादी केन्द्रले जितेका स्थानीय तह

  • डोल्पाको जगदुल्ला गाउँपालिकामा तारासिं रोकाय

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार