२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्वाचन २०७९

मतगणना परिणाम आउँदै : 'कुन पार्टीले कति स्थानीय तहमा लिए अग्रता' 'विवरणसहित'

शनिवार , बैशाख ३१, २०७९

 

काठमाडौँ, बैशाख । शुक्रबार सम्पन्न  स्थानीय तह निर्वाचनको मतगणना  परिणामा आउन थालेका छन  । केहीमा भने सुरु हुन लागेको छ । देशका कतिपय स्थानीय तहमा मतगणना रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु हुन गइरहेको छ । 

शनिबार बिहान ७ बजेसम्म देशभरिमा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले गणना सुरु भएमध्येका ३९ स्थानीय तहका मेयर र अध्यक्षमा अग्रता लिएको छ ।

अग्रता लिने दोस्रोमा एमाले रहेको छ । एमालेले २१ स्थानमा अग्रता लिएको छ । तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । उसले १७ स्थानमा अग्रता लिएको छ ।

एकीकृत समाजवादी, जसपा र अन्यले २(२ स्थानीय तहमा अग्रता लिएका छन् ।

उपप्रमुखर उपाध्यक्षमध्येमा अग्रता लिनेमा पनि कांग्रेस नै अगाडि छ । कांग्रेसले ३४, माओवादी केन्द्रले १४, एमालेले १३, जसपाले ४ स्थानीय तहका उपमेयररउपाध्यक्षमा अग्रता लिएका छन् । एकीकृत समाजवादी र अन्यले २(२ स्थानमा अग्रता लिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार