२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मुस्ताङ : घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका लालचन विजयी

शनिवार , बैशाख ३१, २०७९

 

मुस्ताङ,  बैशाख ।  मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार २ मतको अन्तरले विजयी भएका छन् । उनले एमालेका उम्मेदवारलाई २ मतको अन्तरले पराजित गरेका हुन् ।

उक्त पालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएको छ । अन्तिम मतपरिणाम अनुसार कांग्रेसका मोहनसिं लालचन ७ सय ६० मत लिएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सञ्जयकुमार थकालीले ७५८ मत पाए । अध्यक्षमा २ भोट मतान्तरले कांग्रेस विजयी भएका हुन ।< त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै जमुना थापा मगरले ६ सय ९३ मत लिएर विजयी भईन । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६ सय १८ मत पाइन् ।

मुख्य निर्वाचन अधिकृत रुमाकान्त ज्ञवालीका अनुसार घरपझोङ गाउँपालिकामा १ हजार ५ सय ९८ मत खसेको थियो । वडा ३ मा एमालेको प्यानल र ४ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडा नम्बर १, २ र ५ मा अध्यक्ष तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार