२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

गोरखा : पालुङटार नपाको मेयरमा जनता समाजवादीकाे अग्रता

शनिवार , बैशाख ३१, २०७९

गोरखा, वैशाख । गोरखाको पालुङटार नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीले अग्रता लिएको छ । कुल ७०० मत गणना हुँदा जसपाका मेयरका उम्मेदवार प्रेम गुरुङले २५५ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार दीपकबाबु कँडेलले १९१, नेकपा माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तनले १६४ मत पाएका छन् । मेयरमा एमालेका उम्मेदवार हरि भट्टले ४४ मत पाएका छन् ।

पालुङटारमा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ । उपमेयरमा नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले १८८ मत पाएकी छन् भने माओवादी केन्द्रकी उपमेयर उम्मेदवार बन्दना पाण्डेले १६९ र एमाले उम्मेदवार पार्वती पाठकले ५२ मत पाएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार