२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जसपा अध्यक्ष डा. भट्टराईलाई निर्बाचन आयोगले सोध्यो स्पस्टिकरण

शुक्रवार , बैशाख ३०, २०७९

 

काठमाडौं, बैशाख  ।  आज भएको स्थानीय तह निर्बाचनमा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

अध्यक्ष डा.  भट्टराईलाई  आयोगले  गोप्य हुनुपर्ने मतदान सार्वजनिक गरेको र प्रचार प्रसार गरेको भन्दै स्पष्टीकरण सोधेको हो । शुक्रबार पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका भट्टराईले मतसंकेत गरिसकेको मतपत्र नै फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।
निर्वाचन आचारसंहिता अनुसार मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ । निर्वाचन आयोग स्रोतले भन्यो, ‘२४ घण्टाभित्र जवाफ दिनू भनेर उहाँका नाममा काटिएको पत्र भाइबरमार्फत पठाइएको छ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार