२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्बाचन आज 

महामन्त्री थापाले भने : "लोकतन्त्र र संबिधान रक्षा गर्नुछ, कांग्रेसले जित्छ " 

शुक्रवार , बैशाख ३०, २०७९

 

काठमाडौं, बैशाख । आज देशभर भइरहेको स्थानीय तह निर्बाचनमा कांग्रेस सजिलोसँग पहिलो पार्टी हुने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दाबी गरेका छन् ।

मत हाल्न मतदान केन्द्र पुगेका महामन्त्री थापाले भने, ‘लोकतन्त्र र संविधानको रक्षाको लागि भएको गठबन्धन र नेपाली कांग्रेसकै कार्यकर्ताहरूको सक्रियताको कारण पहिलो पाटी बन्नेमा शंका छैन ।’
महामन्त्री थापाले यसपटक निर्वाचन मतदाता शिक्षा भने प्रभावकारी नभएको बताएका छन् । पार्टी र आयोग दुवैको तर्फबाट मतदाता शिक्षा प्रभावकारी नभएको र मौन अवधिमा मात्रै यसको महसुस भएको उनको भनाइ छ ।

थापाले काठमाडौं महानगरपालिका(३१ को मैतीदेवीको मतदान गर्दैछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार