२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्बाचन 

नेता सिंह भन्छन : 'गठबन्धनका उम्मेदवार देशभर विजयी  हुन्छन '  

शुक्रवार , बैशाख ३०, २०७९


काठमाडौं, वैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशैभर गठबन्धनका उम्मेदवार विजयी हुने दावी गरेका छन् । काठमाडौंको मतदान केन्द्रमा सञ्चारकर्मीलाइ प्रतिक्रिया दिंदै नेता सिहले देशैभर कांग्रेस र गठबन्धनका उम्मेदवार विजयी हुने विश्वास व्यक्त गरे ।

नयाँ संविधान जारी भएपछि दुई तिहाई भएको सरकारले काम गर्न नसकेको अवस्थामा संविधानलाई ट्र्याकमा राख्न गठबन्धनले काम गरिरहेको र तीन तहको निर्वाचनका लागि यो स्थानीय तहको निर्वाचन जग भएको बताए ।

संविधानले दिएको अधिकार सुरक्षित एवं संस्थागत गर्दै राजनीतिक महत्वलाई बुझेर जनताले गठबन्धनका उम्मेदवारहरुलाई मत दिने उनको भनाइ थियो ।
मेयर भनेको राष्ट्रको महत्वपूर्ण जिम्मेवारी भएको भन्दै उनले संविधान जोगाउन गठबन्धन बनेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार