रौतहट, बैशाख । स्थानीय निर्बाचनमा केही राजनीतिक दलले चुनावमा पैसाको बिगबिगी मचएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् ।
रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेसँगै उनले भने, चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को रहेको छ ।
‘पैसाको बिगबिगी र भोजभतेरलाई रोक्न निर्वाचन आयोग सफल भएको पाइएन,’ उनले भने,’यो पाराले चल्ने वाला छैन ।’
प्रहरी प्रशासनले साँचो अर्थमा न्युट्रल र प्रभावकारी बन्ने हो भन्ने भूमिका महत्वपूर्ण रहेको नेपालले बताए । ‘यसमा निर्वाचन आयोगको भूमिका महत्वपूर्ण छ ,’ उनले भने ।