काठमाडौँ, बैशाख । यही बैशाख ३० मा हुने स्थानीय तह निर्बाचनमा आफ्ना उमेद्वारलाई बिजयी गराउन आग्रह गर्दै नेपाली काँग्रेसले काठमाडौँ महानगरपालिका वडा नं ४ ले आज आमसभाको आयोजना गरेको छ ।
काठमाडौँ वडा नं ४ चण्डोलीसथत विशाल मिलन केन्द्रमा आयोजना गरिएको सो कार्यक्रममा चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीकै अहंकारको परिणाम स्वरुप एक पाँच दलीय गठबन्धन बनेको बताएका छन ।
उनले भने, काँग्रेसको नेतृत्व सरकारले देशलाइृ स्थिरतातर्फ लगेको छ, अघिल्लो सरकारका नालायकीका कारण उत्पन्न जटिलता कम गर्दै सुशाशन दिन गठबन्धनलाई बिजयी गराउन सबै लाग्नुपर्ने भएको छ ।
आवश्यऔँ । उनले थपे, यस वडा धित्र भएका राजकता हटाउन काँग्रेसका उम्मेदवारलाई विजय गरायन सबैलाई लाग्नुस् ।
काँग्रेस कामपा–४ का वडाअध्यक्षका उम्मेदवार रामप्रसाद न्यौपानेले आफु निवार्चित भए वडालाई भष्ट्रचारमुक्त बनाउने प्रण गर्दै भने, जनताको सल्लाह र सुझाव अनुसार मात्रै आफुले वडाको कार्य सम्पादन गर्नेछु ।
सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सदस्य तथा वडा नं ४ का निर्बाचन प्रचार संयोजक अनिशराम भटट्राइले काग्रेस उमेद्वारलाई बिजयी गराउन आग्रह गरे ।
सोही वडामा काँग्रेसले रामप्रसाद न्यौपानलाई वडाअध्यक्ष, सुवर्ण सिलवाल र सन्जय श्रेष्ठलाई सदस्य, सावित्री थापा खनाललाई महिला सदस्य र सिता दमाईलाई दलित महिला सदस्यको रुपमा अगाडि सारेको छ ।
बौद्धिक तथा पेशागत समुहले आयोजना गरेको कार्यक्रमको सभापतित्व नेपाल प्रज्ञा प्रतिष्ठानको पुर्व कुलपति बैरागी काँइलाले गर्नुभएको थियो ।
काँग्रेस कामपा–४ ले आगामी बैशाख २७ गते मंगलबार विहान ७.३० बजे धुम्बहराही मन्दिर परिसरबाट चुनाव लक्षित विशेष ¥यालीको आयोजना गर्ने भएको छ । उक्त ¥यालीमा उपस्थित हुन सबैलाई काँग्रेसले आग्रह समेत गरेको छ ।