२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्वाचन

कांग्रेसकाे चुनावी सभा : " आज तनहुँमा आमसभा गर्दै , प्रधानमन्त्री देउवाले सम्बोधन गर्नुहुने "

शनिवार , बैशाख २४, २०७९

तनहुँ,  वैशाख । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज दमौली आउने भएका छन् ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको सभामा सहभागी हुन प्रधानमन्त्री देउवा तनहुँ आउन लागेका हुन् ।

सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महतलगायत नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

खनालका अनुसार कार्यक्रम बिहान साढे १० बजे सुरु हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार