२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्थानीय तह निर्वाचन- २०७९

अध्यक्ष प्रचण्डले चितवन पुगेर भने : " गठबन्धनलाई चुनाव जित्न समस्या छैन "

बिहिवार , बैशाख २२, २०७९

 चितवन,  वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई चुनाव जित्न समस्या नभएको बताएका छन् ।

चितवनको भरतपुरमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न आएका दाहालले भरतपुरमा विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनको धेरै स्थानमा जित हासिल हुने दबी गरे ।

उनले भने, ‘भरतपुर लगायतका स्थानहरुमा गठबन्धनले चुनाव जित्ने धेरै आधारहरु छन् जुन कारणले पनि चुनाव जित्न कुनै समस्या छ जस्तो लाग्दैन।

बागी उम्मेदवार जगन्नाथ पौडेलप्रति इंगित गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेको भन्दै फैसला जनताको हातमा रहेको बताए । भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल मेयरको उम्मेदवार छिन् ।

भरतपुरमा हुने सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन आइसकेका छन् । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि भरतपुर आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार