२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस  खुलासभा

आज बिराटनगरमा : ' सभापति देउवा र नेता पौडेलले सम्बोधन गर्ने' 

बुधवार , बैशाख २१, २०७९


काठमाडौँ, वैशाख । सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा खुला सभा गर्ने भएको छ ।  सो अन्तर्गत आज प्रदेश १ को बिराटनगरमा हँदैछ । 
स्थानीय निर्बाचनलाई  लक्षित गरेर गर्न लागिएको आमसभा देशका १० शहरमा गर्न लागिएको नेपाली कांग्रेस केन्द्रिय कार्यालयले जनाएको छ ।
आमसभा आदेखि यही बैशाख २७ गतेसम्मसातै प्रदेशमा खुला सभा गर्ने भएको हो । कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार सातै प्रदेशमा सभा गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । 

नेपाली कांग्रेसले गर्ने आमसभा :

  •  वैशाख २१     : प्रदेश १  मोरङ ।
  •  वैशाख २२     :  मधेस प्रदेशको धनुषा ।
  •  वैशाख २३     :  बागमती प्रदेशको काठमाडौँ । 
  • वैशाख २४      :  गण्डकी प्रदेशको कास्की ।
  •  वैशाख २५      : लुम्बिनी प्रदेशको रुपन्देही ।
  •  वैशाख २६    :  कर्णाली प्रदेशको सुर्खेत
  •  वैशाख २७   : सुदूरपश्चिम प्रदेशको कैलालीमा गर्ने भएको छ ।  
    सबै सभाको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिले गर्ने मुख्यसचिव पौडेलले बताएका छन ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार