कैलाली, वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालिकाका नगरप्रमुखका उम्मेदवार नृपबहादुर वडले अबको पाँच वर्षमा धनगढीलाई महानगरपालिका बनाउने आफ्नो सङ्कल्प गरेका छन ।
धनगढीमा आयोजित सत्ता गठबन्धनको संयुक्त प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा वडले भौतिक संरचना निर्माणको जगमा रही धनगढीलाई महानगरपालिका बनाउन पूरा गर्ने सङ्कल्प व्यक्त गरे ।
उनले पहिलो पटक निर्वाचित भएर आएको पाँच वर्षमा उपमहानगरपालिकालाई समृद्ध, सुन्दर र व्यवस्थित नमूना सहरका रूपमा विकास गर्न आवश्यक सबै भौतिक संरचनाहरू तयार गर्ने बताएका छन ।
नेकपा (माओवादी केन्द्र) बाट उपप्रमुखकी उम्मेदवार रहेकी शान्ति अधिकारीले घोषणापत्रमा उल्लेख गरेका बुँदागत रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।