२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'नेकांबाट मुलुकको विकास र समृद्धि हुन्छ' : नेता निधि

मंगलवार , बैशाख २०, २०७९


मोरङ,  वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री विमलेन्द्र निधिले नेकांबाट मात्र मुलुकको विकास र समृद्धि हुने बताएका छन ।  विराटनगर–१८ स्थित पार्टी सम्पर्क कार्यालयको  उद्घाटन गर्दै उहाँले रोजगारीको सिर्जना र जनताको आयस्तर वृद्धि नेकांको विजयीबाट सम्भव हुने विचार राखे ।   
नेता निधिले मुलुकको विकास स्थानीय सरकारबाट सम्भव हुने भएकाले  महानगरमा गठबन्धनका उम्मेदरवारलाई  विजयी सुनिश्चित  गराउन सबैसँग आग्रह गर्नुभयो । 
अर्का केन्द्रीय सदस्य अमृत अर्यालले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै नेकांं जितबाट नगरको समग्र विकास हुने उनले बताए । 
प्रमुख पदका नेकां उम्मेदवार नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रको विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार जसपाका अमरेन्द्र यादवले गठबन्धन विजयी भए विराटनगरको मुहार फेर्ने गरी काम गर्ने बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार