२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस (विपी) : 'देशभर १५४ उम्मेदवार'

सोमवार , बैशाख १९, २०७९


काठमाडौँ,  वैशाख । नेपाली कांग्रेस (विपी)ले स्थानीय तह निर्वाचनका लागि देशभर १५४ उम्मेदवार मनोनयन दर्ता गरेको छ । कांग्रेस (विपी) ले केन्द्रीय कार्यालय सामाखुसीमा पत्रकार सम्मेलन गरी यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा देशभरबाट १५४ उम्मेदवार उठाएको जानकारी दिएको हो । उक्त पार्टी २०७४ सालमा स्थापना भएको हो ।
पत्रकार सम्मेलनमा विपी कांग्रेसका प्रवक्ता शिवप्रसाद सिम्खडाले दुई महानगरपालिकासहित देशभरबाट २२ नगरमा प्रमुखको उम्मेदवारी मनोनयन दर्ता गरेको जानकारी दिनुभयो । कांग्रेस विपीले काठमाडौँ महानगरपालिकाको प्रमुखमा भक्तराज भुसाल र उपप्रमुखमा इन्दिरा अधिकारीलाई उठाएको छ । 
यस्तै विराटनगर महानगरपालिकाको प्रमुखमा रामचन्द्र गौतमले उम्मेदवारी दिनुभएको छ । सो पार्टीले देशभर नगर उपप्रमुखमा नौ, गाउँपालिका अध्यक्षमा सात, उपाध्यक्षमा तीन, वडा अध्यक्षमा ४१, महिला सदस्यमा १८, दलित महिला सदस्यमा १४ र खुला सदस्यमा ४० जनाले उम्मेदवारी दिएको प्रवक्ता सिम्खडाले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा विपी कांग्रेसका सभापति सुशीलमान शेरचनले विपी कांग्रेसले देशभरका ४५ जिल्लामा आफ्नो सङ्गठन विस्तार गरिसकेको र सोहीअनुसार पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी प्रस्तुत गरेको जानकारी दिनुभयो । 
‘करुवा’ चुनाव चिह्न लिएर विसं २०७४ मा सम्पन्न प्रतिनिधि एवं प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस विपीले भाग लिएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार