२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेसको देशव्यापी कार्यक्रम : 'सभापति देउवाले गरे समन्वय उपसमिति’ गठन' 

आइतवार , बैशाख १८, २०७९


काठमाडौँ,  वैशाख । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति धनराज गुरुङको संयोजकत्वमा ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन गर्नुभएको छ ।
सभापति देउवाले कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिको यही वैशाख २ गतेको निर्णयानुसार सो उपसमिति गठन गरेको  कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । 
 उपसमितिको सदस्यमा सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बाँस्तोला र सदस्य सचिवमा केन्द्रीय कार्यालयका सचिव डा प्रदीप पराजुली रहेका छन । 
उपसमितिले देशभरका पालिका एवं विभिन्न स्थानमा आयोजना गरिने सभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन एवं परिचालन गर्ने पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार