काठमाडौँ, वैशाख । सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा खुला सभा गर्ने भएको छ ।
कांग्रेसले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा खुला सभा गर्ने भएको हो ।
कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार सातै प्रदेशमा सभा गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन :
- वैशाख २१ गते प्रदेश नं १ को मोरङ,
- वैशाख २२ गते मधेस प्रदेशको धनुषा,
- वैशाख २३ गते बागमती प्रदेशको काठमाडौँ,
- वैशाख २४ गते गण्डकी प्रदेशको कास्की,
- वैशाख २५ गते लुम्बिनी प्रदेशको रुपन्देही,
- वैशाख २६ गते कर्णाली प्रदेशको सुर्खेत र
- वैशाख २७ गते सुदूरपश्चिम प्रदेशको कैलाली ।
खुला सभा गर्न लागेको हो । सबै सभाको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिले गर्ने मुख्यसचिव पौडेलले बताएका छन ।