२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मकवानपुर : ' १३५ उम्मेदवारी फिर्ता '

शनिवार , बैशाख १७, २०७९

बागमती, वैशाख । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मकवानपुरबाट १३५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार जिल्लाका १० स्थानीय तहमा दुई हजार ६७ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । तीमध्ये १३५ जनाले उम्मेदवारी फिर्ता लिएको सो कार्यालयले जनाएको छ ।

उम्मेवारी फिर्ता लिएका कारणले जिल्लामा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा सदस्य गरी कूल एक हजार ९३२ को उम्मेदवारी कायम रहेको छ ।

उम्मेदवारी फिर्ता लिनेमा हेटौँडा उपमहानगरपालिकामा ४९, थाहा नगरपालिकामा १५, बकैया गाउँपालिकामा १८, इन्द्रसरोवरमा आठ, बागमती पाँच, भीमफेदीमा एक, मकवानपुरगढीमा १३ र राक्सिराग गाउँपालिकामा चारजना विभिन्न पदका उम्मेदवार छन् । जिल्लामा दुई लाख ९४ हजार ९१९ जनाले मतदाता रहेको सो कार्यालयले जनाएको छ ।

जिल्लामा स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी २० तथा १०२ वडाका वडाध्यक्ष र सदस्य पदमा ५२० गरी कूल ५३० पदको मतदान हुने बताइएको छ ।

यसअघि विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा कूल मतदाता सङ्ख्या दुई लाख २७ हजार ७५९ रहेको थियो । जिल्लामा १६५ मतदान स्थल र ३५६ मतदान केन्द्र रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार