२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काठमाडाै चन्द्रागिरि : '३३ उम्मेदवारको मनोनयन फिर्ता'

शनिवार , बैशाख १७, २०७९

काठमाडौँ, बैशाख । चन्द्रागिरि नगरपालिकामा ३३ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । काठमाडौँ प्रवेशद्धारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये ३३ उम्मेदवारले शुक्रबार साँझ मनोनयन फिर्ता लिएका हुन् ।

चन्द्रागिरिका निर्वाचन अधिकृत सिर्जना थपलियाले एक प्रमुख र दुई उपप्रमुखसहित ३३ जनाले मनोनयन फिर्ता लिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मनोनयन फिर्ता लिनेमा नेकपा (माओवादी केन्द्र)बाट नगरपालिका प्रमुखका उम्मेदवार दिलबहादुर श्रेष्ठ, माओवादी केन्द्रकै उपप्रमुखकी उम्मेदवार रुपा महर्जन र कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार यमुनादेवी श्रेष्ठ रहनुभएको छ ।

यस्तै, बाँकी ३० वडाध्यक्ष तथा वडासदस्यका उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत थपलियाले जानकारी दिनुभयो । चन्द्रागिरि नगरपालिकामा २१ प्रमुख र १० उपप्रमुखसहित ३८७ जनाको उम्मेदवारी परेको थियो ।

अब चन्द्रागिरिमा ७७ पदका लागि ३५४ जना प्रतिस्पर्धामा हुनुहुन्छ । काठमाडौँ जिल्लाकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिमा १५ वडा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार