काठमाडौँ, वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी शक्तिको पराजय हुने बताएका छन ।
एक कार्यक्रमका अवसरमा अध्यक्ष नेपालले जनताको सुखी र समृद्ध हुने चाहनाका साथै देशलाई समुन्नत बनाउन अग्रगमन शक्तिलाई निर्वाचित गर्नुपर्नेमा जोड दिएका छन । उनले एकीकृत समाजवादी पार्टी पुष्पलालकालीन कम्युनिष्ट पार्टीको निरन्तरता भएको बताउँदै पार्टी देश र जनताको पक्षमा क्रियाशील भएको विषयमा परीक्षण भइसकेको विचार व्यक्त गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफू बृहत् बाम एकतासँगै लोकतन्त्रप्रेमी शक्तिसँग कार्यगत एकता गरेर प्रतिगमनविरुद्व सङ्गठित भएर अघि बढ्दै पार्टीे सङ्गठनलाई टोलसम्म विस्तार गर्न पनि नेता कार्यकर्तालाई आग्रह गरे ।
राष्ट्रियसभा निर्वाचनबाटै विजयको सुरुआत भएकाले गठबन्धनमा आबद्ध दल सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताउँदै उनले गठबन्धनभित्रका दलले अहङ्कार राख्न नहुने र वस्तुनिष्ठ भएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन ।