२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

निर्बाचन आयोग

स्थानीय तह निर्बाचन : 'आज उम्मेदवारलाई चिह्न प्रदान गरिंदै' 

शनिवार , बैशाख १७, २०७९


काठमाडौं, बैशाख ।  आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्बाचनका लागि निर्वाचन आयोगले  उम्मेदवारी दिएका दल तथा व्यक्तिलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ ।
निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ ।

शुक्रबार निर्वाचन आयोगले उजरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेदरवार नै प्रतिस्पर्धामा उत्रिनेछन् । उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो ।

उम्मेदवारहरूले निर्वाचन चिह्न पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचार प्रचार गर्न पाउनेछन् । मतदान यही वैशाख ३० गते हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार